सवारी ज्यान मुद्दामा कैद भुक्तान गरेर छुटे गाउँपालिका अध्यक्ष

धनुषा। बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत भेडिहर आज रिहा भएका छन्।

सवारी ज्यान मुद्दामा २९ दिन वीरगञ्ज कारागार कैद भुक्तान गरेपछि रिहा भएका हुन्। यसअघि फरार सूचिमा रहेका उनी गत ६ पुसमा पक्राउ परेका थिए।

२८ माघ २०६२ मा भएको घटनामा जिल्ला अदालतले २९ भदौ २०६३ मा २९ दिन कैद सजाय र दुई हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो।

२८ माघ २०६२मा राउत सवार ना४ प ३७८५ नम्बरको मोटरसाइकलले छातापिप्रा–३ मा ठक्कर ६५ वर्षीया हसियादेवी चौधरीको क्रममा मृत्यु भएको थियो।

पढ्नुहोस्

बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष राउत जेल चलान

बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष पक्राउ

प्रतिक्रिया दिनुहोस्