भारतको महाराष्ट्रमा भारी वर्षा, १० फिट पानीमा डुब्यो सहर बीबीसी।भारतको महाराष्ट्रमा पछिल्ला केही दिनयता परेको भारी वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ।खासगरी रत्नागिरी,अकोला र कोल्हापुर जिल्लामा वर्षापछि आएको बाढीले ठूलो असर गरेको छ।रत्नागिरीको चिपलुन सहर लगभग दश फिट पानीमा डुबेको छ।प्रायः घरको पहिलो तला पानीले डुबेको छ। अकोला र कोल्हापुरमा पनि बाढी घर–घरमा प्रवेश गरेको छ। बाढीले रेल सेवा अवरुद्ध गरेको छ जसले गर्दा हजारौं यात्री अलपत्र परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्