मक्काको पवित्र मस्जिदमा पहिलोपटक महिला सैनिक तैनाथ एजेन्सी। साउदी अरब सरकारले यसवर्ष पहिलोपटक पवित्र मक्का मस्जिदभित्र महिला सैनिक तैनाथ गरेको छ। हज यात्राको लागि हजारौं मुस्लिम धर्मावलम्वीहरु अहिले साउदी अरबको मक्का पुगेका छन्। उनीहरुको सुरक्षाको लागि पहिलोपटक महिला सैनिक खटाइएको हो। मस्जिदभित्र महिला सैनिकहरु सैनिक पोशाकमाथि लामो ज्याकेट र मुखमा मास्क लगाएर तैनाथ गरिएको छ। यो वर्ष साउदी सरकारले ६० हजारलाई हज यात्राको अनुमति दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्