संकटा क्लब र ब्रिगेड ब्वाइजले अंक बाँडे

काठमाडौं। गत सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको संकटा क्लबले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरी खेलेको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा संकटाले खेल नियन्त्रणमा राखे पनि पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाड्न बाध्य भयो।

बराबरीपछि सात खेलबाट ९ अंक जोडेको संकटा आठौं स्थानमा छ। संकटाले दुई खेल जितेको छ भने दुई खेल हारेको छ। तीन खेल बराबरी खेलेको छ।

युवा खेलाडीको बाहुल्यता रहेको ब्रिगेड ब्वाइज संकटाभन्दा एक स्थान तल छ। ब्रिगेड ब्वाइजको आठ अंक छ। ब्रिगेड ब्वाइजले दुई खेल जितेको छ भने तीन खेल हारेको छ। दुई खेल बराबरी खेलेको छ। ब्रिगेडका विशाल सुनार म्यान अफ दी म्याच घोषित भए।

लिगमा आजै दशरथ रंगशालामा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्