शरणार्थी बोकी लिबियाबाट युरोपतर्फ जाँदै गरेको डुंगा पल्टियो, २० जना बेपत्ता एजेन्सी। शरणार्थीहरु बोकेको एक डुंगा लिवियाको समुन्द्री तटमा पल्टिँदा त्यसमा सवार २०जना बेपत्ता भएका छन्। युरोप जाँदै गरेका उनीहरुलाई भूमध्ये सागरमा लिबियाका तटरक्षकले रोकेको थियो। शरणार्थीले भरिभराउ चारवटा डुंगा सँगै गएका थिए। लिबियाका तटरक्षकले युरोपतर्फ जान नदिएपछि उनीहरुको डुंगा फर्काउने क्रममा एउटा डुंगा पल्टिएको थियो। आप्रवाससम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओएम)की प्रवक्ता सफा मसेहलीले डुंगा पल्टिँदा २० जना बेपत्ता भएको पुष्टी गरिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्