यातायात व्यवसायको र्‍याली, काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त काठमाडौं। यातायात व्यवसायीहरुले बिहीबार बिहान आ–आफ्नो सार्वजनिक यातायातका साधनसहित र्‍याली निकालेका छन्। विभिन्न स्थानबाट निकालिएको र्‍यालीले रिङरोड परिक्रमा गर्ने बताइएको छ। सबै साना–ठूला सार्वजनिक गाडीहरु रिङरोडमा निस्किएका छन्। जसका कारण ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ। उनीहरुले भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै र्‍याली निकालेका हुन्।
प्रतिक्रिया दिनुहोस्