सुर्खेतबाटै सवारी लाइसेन्स वितरण गर्न अनलाइन आवेदन खुला

सुर्खेत। यातायात व्यवस्था विभागले सुर्खेतबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न प्रदेश सरकारअन्र्तगतको यातायात व्यवस्था कार्यालयलाई अनुमति दिएको छ।

विभागबाट अनुमति पाएसँगै कार्यालयले ५ माघदेखि अनलाइन आवेदन खुला गरेको छ ।

यसअघि सवारी चालक अनुमतिपत्र लिन कर्णाली प्रदेशबाट प्रदेश ५ को नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालय जानुपर्ने बाध्यता थियो।

प्रदेश सरकार गठन भएको झण्डै दुई वर्षपछि सुर्खेतबाट नै सवारी चालक अनुमति पत्र वितरण गर्न थालिएको हो।

सुर्खेतबाटै लाइसेन्स वितरण हुने भएपछि कर्णालीवासी उत्साही बनेका छन्।

यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईले मन्त्रालयले सवारी चालक अनुमतिपत्र वितरण गर्न प्राविधिकतर्फका कर्मचारी छनोट गरिएको बताए। रासस

प्रतिक्रिया दिनुहोस्