पाकिस्तानमा चौथो पटक टिकटकमाथि प्रतिबन्ध एजेन्सी। पाकिस्तानले चिनियाँ कम्पनी ‘बाइट डान्स’को उत्पादन टिकटकलाई चौथो पटक प्रतिबन्ध लगाएको छ। सर्ट भिडियो सेयरिङ प्लेटफर्म टिकटकले अश्लील सामाग्री फैलाएको भन्दै प्रतिबन्ध लगाइएको हो। बुधबार पाकिस्तानको दूरसञ्चार प्राधिकरणले टिकटकलाई प्रतिबन्ध लगाएको घोषणा गरेको छ। यसअघि पछिल्लो पटक अक्टोबर २०२० मा पनि टिकटकलाई पाकिस्तानले प्रतिबन्ध लगाएको थियो। पाकिस्तानमा टिकटक ३ करोडभन्दा धेरै पटक डाउनलोड गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्