गति समाउन नसकेको द्रुतमार्गः चार वर्षमा मात्र १६.१० प्रतिशत भौतिक कार्य सम्पन्न काठमाडौं।निर्माणको जिम्मेवारी नेपाली सेनाले लिएको बहुप्रतिक्षित काठमाडौं–तराई/मधेस द्रुतमार्ग(एक्सप्रेसवे)ले गति लिन सकेको छैन। सेनाले निर्माण गर्ने जिम्मेवारी पाएको चार वर्षभन्दा बढी अवधिमा द्रुतमार्गको भौतिक प्रगति मात्र १६.१० प्रतिशत भएको छ।नेपाली सेनाका अनुसार आर्थिक वर्ष २०७७/७८ सम्म द्रुत मार्गको वित्तीय प्रगति मात्र १४.५१ प्रतिशत भएको छ।कुल एक खर्ब ७५ अर्ब रुपैयाँको आयोजना आर्थिक वर्ष २०८०/८१ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्