आज चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। आज दिउँसो लुम्बिनी, गण्डकी तथा सुदुरपश्चचिम प्रदेश र राति बाग्मती तथा गण्डकी प्रदेशका थोरै स्थानमा र भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। महाशाखाले भारी वर्षा हुने पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्