पोखरा। अन्नपूर्ण आधारशिविर (एबीसी) पदमार्गमा आएको हिमपहिरोमा परेर हराएका विदेशी पर्यटक र उनीहरूका नेपाली गाइडको खोजीमा कठिनाइ भएको छ।
हिमपहिरोमा हराएका पर्यटक र सहयोगी तत्काल फेला पार्न सकिने अवस्था नरहेको पदयात्रा व्यवसायीले बताएका छन्।
त्यस क्षेत्रमा हिउँ पर्ने क्रम नरोकिएको र ठूलो पहिरोले पुरिएका कारण तत्काल भेट्न कठिन रहेको पर्यटन व्यवसायीले बताए।
हिमपहिरो आएपछि खोजतलास र उद्धारका लागि ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) ले सदस्य विजय केसीको नेतृत्वमा सातजना खोजीकर्ता पठाएको थियो।
ती खोजीकर्ताका अनुसार पहिरो झरेको ठाउँमा चट्टानजस्तै हिउँ जमेको र ६/७ फिटसम्म हिउँ थुप्रिएकाले हराएका व्यक्ति तत्काल फेला पार्न सकिने अवस्था छैन।
३ माघको हिमपहिरोमा चारजना कोरियाली र तीनजना नेपाली गाइड सातजना हराएका छन्।
नेपाली गाइडहरूमा सरोज परियार, मिनबहादुर लामा र छिरिङ भोटे रहेको टानले जनाएको छ।
खोजीमा खटिएका टानका सदस्य विजय केसीका अनुसार हिमपात जारी रहेको बाक्लो हिउँका कारण पहिरोस्थल पुग्नै कठिन छ।
कठिन साथ पहिरोस्थल पुगे पनि खोजतलास सहज नभएको उनले बताए।
स्थानीय र टानका खोजीकर्ता मात्र अहिलेसम्म त्यहाँ पुगे पनि खोजी सम्भव नभएपछि टानको टोली पोखरा फर्किएको आजको नागरिक दैनिकमा समाचार छ।
" /> पोखरा। अन्नपूर्ण आधारशिविर (एबीसी) पदमार्गमा आएको हिमपहिरोमा परेर हराएका विदेशी पर्यटक र उनीहरूका नेपाली गाइडको खोजीमा कठिनाइ भएको छ।हिमपहिरोमा हराएका पर्यटक र सहयोगी तत्काल फेला पार्न सकिने अवस्था नरहेको पदयात्रा व्यवसायीले बताएका छन्।

">