अफगानी राष्ट्रपति निवासलाई लक्षित गरी कैयौं रकेट प्रहार एजेन्सी। अफगानिस्तानका राष्ट्रपति अशरफ घानीको काबुलस्थित निवासलाई लक्षित गरी कैयौं रकेट प्रहार गरिएको छ। राष्ट्रपति इदको प्रार्थनामा सहभागी भइरहेका बेला आज उक्त आक्रमण भएको हो। राष्ट्रपति निवासमा आक्रमण हुँदा अन्य पाहुनाहरु पनि त्यहाँ रहेको अफगानिस्तानको सरकारी टेलिभिजनले जनाएको छ। रकेट प्रहारबाट के कति जनधनको क्षति भएको छ अहिलेसम्म स्पष्ट भइसकेको छैन। स्थानीय मिडियाले राष्ट्रपति निवास क्षेत्रमा बिष्फोट भएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्