विषाक्त मदिरा सेवनबाट ४ जनाको मृत्यु काठमाडौं।बागलुङमा विषाक्त मदिरा सेवन गर्दा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी भएका छन्।गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूको मदिरा सेवनबाट मृत्यु भएको हो।मृत्यु हुनेमा २१ वर्षीय दीपेन्द्र पुन,३९ वर्षीय दूधबहादुर राना,५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ती रहेका छन्।मदिरा सेवनबाट ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र गम्भीर बिरामी भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्