सिन्धुपाल्चोक र मनाङलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा काठमाडौं। सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई जिल्ललाई असोज मसान्तसम्म लागू हुने गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। असार महिनामा सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुलगायतमा क्षेत्रमा बाढीले धनजनको क्षति पुर्‍याएको थियो भने मनाङ पनि क्षतिग्रस्त बन्न पुगेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्