राष्ट्रिय सभा निर्वाचन अवधिमा मदिरा विक्री/वितरणमा रोक
धनुषा। राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गरी धनुषामा मदिरा विक्री/वितरणमा रोक लगाइएको छ।

८ माघ बिहान सात बजेदेखि ९ माघ राति १२ बजेसम्म मदिरा विक्री/वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।

मतदान हुने महेन्द्र नारायण निधी मिथिला साँस्कृतिक केन्द्र जनकपुरधामको पूर्वपश्चिम र उत्तरदक्षिण पाँच मिटरभित्र मदिरा विक्री/वितरण, सेवन गर्न नपाइनेगरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ३ ३(क) अनुसार निषेध गरिएको आज जारी सूचनामा उल्लेख छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले राष्ट्रिय सभा सदस्य निर्वाचन लक्षित गरि मदिरा विक्री/वितरणमा रोक लगाएको सूचना जारी गरिएको देखापढीलाई बताए।

निषेधित क्षेत्रमा मदिरा विक्री/वितरण र सेवन गरेको पाइए कानूनी कारबाही गरिने प्रजिअ कँणेलले बताए।

प्रतिक्रिया दिनुहोस्