चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा दुई गैँडा फेला काठमाडौं।चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृतावस्थामा फेला परेका छन्।तीमध्ये एउटा बूढो र अर्काे केटा छन्।निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको केटा मृतावस्थामा फेला परेको हो।उनले केटा गैंडा बाघको आक्रमणबाट मरेको हुनसक्ने बताए।यसैगरी अमलटारी सेक्टरअन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको गैँडा मृतावस्थामा फेला परेको छ।नारायणी नदीका किनारमा बालुवामा गढिएको अवस्थामा भालेगैँडा भेटिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्