अफगानिस्तानका राजदूतको छोरी अपहरणमा भारतको हातः पाकिस्तानी गृहमन्त्री अहमद एजेन्सी।पाकिस्तानका गृहमन्त्री शेख रशीद अहमदले अफगानी राजदूतकी छोरीको अपहरणको घटनामा भारतको हात रहेको बताएका छन्। “अफगान राजदूतकी छोरी घरबाट पैदल निस्किइन् र बजार गइन्। उनले बाटोमा ट्याक्सी लिइन् र खड्डा बजार गएर सामान किनिन्।हामीसँग यसको फुटेज छ। उनको अपहरणमा भारतको हात छ”, एक टेलिभिजन अन्तर्वार्तामा उनले भने। शनिबार इस्लामाबादबाट पाकिस्तानका लागि अफगानिस्तानका राजदूत नजीबुल्लाह अलीखिलकी छोरी अपहरणमा परेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्