काठमाडौं। पछिल्लो खेलमा थ्री स्टार क्लबलाई पराजित गरेपछि हौसिएको फ्रेण्ड्स क्बलले आज सरस्वती युथ क्लबमाथि ४-१ को शानदार विजय हासिल गरेको छ।
सरस्वतीको जितमा भारतीय खेलाडी उत्तम राईले दुई तथा वाग्नर डी केमो र साउलो डी अक्विनले एक/एक गोल गरे। जितसँगै फ्रेण्ड्स नवौं स्थानमा उक्लिएको छ। आठ अंक जोडेको फ्रेण्ड्सले सात खेलमा दुई जित, तीन हार, दुई बराबरी खेलेको छ।
सरस्वती भने सात खेल सकिँदा पनि जितविहीन रह्यो। सरस्वतीले एक बराबरी खेलेको छ भने ६ खेलमा पराजित भएको छ। सरस्वती एक अंकका साथ पुछारमा रहेको छ।
फ्रेण्ड्सले पाँचौं मिनेटमै उत्तम राईको गोलबाट अग्रता लिएको थियो। उत्तमले वाग्नर डी केमोको पासलाई खाली पोष्टमा गोल गरेका थिए।
२४औं मिनेटमा साउलो डी अक्विनले अग्रता दोब्बर बनाए। उनले फिलिप डी सुजाको फ्रिकिकलाई हेडमार्फत् पोष्टको दिशा दिएका हुन्।
७०औं मिनेटमा डी केमोले अर्को गोल थपे। पेनाल्टी क्षेत्रमा रहेका डी केमोले उत्तमको पासलाई नियन्त्रणमा लिएर विपक्षी एक रक्षकलाई कटाएर बायाँ खुट्टाले हानेको प्रहार सरस्वतीका गोलकिपर प्रदीप भण्डारीले रोक्न सकेनन्।
खेल सकिन चार मिनेट बाँकी रहँदा उत्तमको अर्को गोल थपेपछि फ्रेण्ड्सले सहज विजय हालि गर्यो। ८०औं मिनेटमा काजीम एडेगोके बुसारीले गरेको गोल सरस्वतीका लागि सान्वता सावित भयो। बुसारी जारी सिजनमा सरस्वतीबाट गोल गर्ने दोस्रो खेलाडी बने। यसअघि सरस्वतीका विनोद केसीले एपीएफविरुद्ध गोल गरेका थिए।
" /> काठमाडौं। पछिल्लो खेलमा थ्री स्टार क्लबलाई पराजित गरेपछि हौसिएको फ्रेण्ड्स क्बलले आज सरस्वती युथ क्लबमाथि ४-१ को शानदार विजय हासिल गरेको छ।सरस्वतीको जितमा भारतीय खेलाडी उत्तम राईले दुई तथा वाग्नर डी केमो र साउलो डी अक्विनले एक/एक गोल गरे। जितसँगै फ्रेण्ड्स नवौं स्थानमा उक्लिएको छ। आठ अंक जोडेको फ्रेण्ड्सले सात खेलमा दुई जित, तीन हार, दुई बराबरी खेलेको छ।

">