"> रवि लामिछानेले सफाइ पाए (फैसलासहित): Dekhapadhi
रवि लामिछानेले सफाइ पाए (फैसलासहित)
काठमाडौं। आत्महत्या दुरुत्साहन मुद्दामा पत्रकार रवि लामिछानेसहित तीनै जनाले सफाइ पाएका छन्।

चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त मल्लको आजको इजलासले लामिछाने, अर्का पत्रकार युवराज कँडेल र  नर्स रुकु भनिने अस्मिता कार्कीलाई सफाइ दिने फैसला गरेको हो।

यसअघि चितवन जिल्ला अदालतले लामिछानेसँग पाँच लाख, कँडेलसँग तीन लाख रूपैयाँ धेरौटी मागेर मुद्दा पुर्पक्ष गरेको थियो। कार्की भने साधारण तारेखमा रिहा भएकी थिइन्।

“आत्महत्या दुरुत्साहन मुद्दामा प्रतिवादीहरूका नाममा दसी प्रमाण नपुगेकाले उनीहरू संलग्न छन् भन्न सकिने आधार नभएपछि सफाइको फैसला भएको हो”, न्यायाधीश रावलले देखापढीसँग भने।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा उनीविरुद्ध मुद्दा चलेको थियो।

पुडासैनीले गएको २० साउनमा चितवनको नारायणगढस्थित होटल कंगारुमा आत्महत्या गरेका थिए। उनले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडिओ सार्वजनिक भएको थियो। जसमा पुडासैनीले लामिछाने, कँडेल र कार्कीका कारण आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका थिए।

यस्तो छ फैसलाको ठहर खण्ड

प्रतिक्रिया दिनुहोस्