एनभीए कपः एपीएफ र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा
काठमाडौं। सशस्त्र प्रहरी बलको (एपीएफ) क्लब र त्रिभुवन आर्मी क्लबले एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको अन्तिम चारमा स्थान बनाएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)को कभर्ड हलमा एपीएफले भरतपुर मेट्रो खेलकुदलाई ३–० को सोझो सेटमा हराउँदा त्रिभुवन आर्मीले पनि जावालाखेल भलिबल तालिम केन्द्रलाई ३–० कै सोझो सेटमा हरायाे।

महिलातर्फ आजको पहिलो खेलमा एपीएफले भरतपुर मेट्रोलाई २५–११, २५–१२, २५–१० को सेटमा हराएको हो। त्रिभुवन आर्मीले भने जावलाखेल भलिबल तालिम केन्द्रलाई २५–११, २५–५, २५–१३ को सेटमा हराएको हो।

जितसँगै महिलातर्फ समूह ‘ए’मा लगातार दोस्रो जित निकालेका एपीएफ र त्रिभुवन आर्मीको समान ६ अंक भएको छ। एपीएफले पहिलो खेलमा पनि जावलाखेल भलिबल तालिम केन्द्रलाई ३–० को सोझो सेटमा हराएको थियो भने त्रिभुवन आर्मीले भरतपुर मेट्रो भलिबलाई ३–० कै सोझो सेटमा हराएको थियो।

प्रतियोगितामा महिलातर्फ दुई समूह छन्। दुई समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। ७ माघमा हुने त्रिभुवन आर्मी र एपीएफबीचको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ।

प्रतिक्रिया दिनुहोस्