एपीएफ किक बक्सिङ प्रतियोगिताको टीम च्याम्पियन
काठमाडौं। सशस्त्र प्रहरी बलको (एपीएफ) क्लब वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको च्याम्पियन बनेको छ।

एपीएफ पाँच स्वर्ण पदकसहित टीम च्याम्पियन बनेको हो। प्रतियोगिताको तेस्रो संस्करणमा नेपाल आर्मी तीन स्वर्ण पदकका साथ दोस्रो स्थानमा रह्यो। च्याम्पियन एपीएफले एक लाख तथा दोस्रो स्थानको आर्मी क्लबले ५० हजार रूपैयाँ पुरस्कार जिते।

पुरुषतर्फ आर्मी क्लबका राजेश चौधरी तथा महिलातर्फ नेपाल पुलिस क्लबकी रिता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भए। दुवैले जनही २५ हजार रूपैयाँ पुरस्कार जिते।

राजेशले ६५ किलो तथा रिताले ५५ किलो तौल समूहमा स्वर्ण पदक जितेका थिए। स्वर्ण पदक जितेका दुवैले छुट्टै जनही ३० हजार रूपैयाँ पुरस्कार जिते।

ललितपुरको चापागाउँस्थित प्याङगाउँमा सम्पन्न खेलमा पुरुषतर्फ ५० किलो तौल समूहमा मेन डोजोका मनोज रानामगरले स्वर्ण पदक जिते। उनले फाइनलमा एपीएफका सञ्जय राईलाई पराजित गरेका हुन्। आर्मीका यामराज थापामगर र मेन डोजोका भक्तराज जोशी तेस्रो भए।

तीनदिने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ पाँच गरी कूल ११ स्पर्धामा १२२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

५५ किलो तौल समूहमा एपीएफका रोहित चुनारोले स्वर्ण पदक जिते। उनले आर्मी क्लबका तारा तामाङलाई हराएका हुन्। मुवाँथाईका दावा फुन्जो शेर्पा र पुलिस क्लबका राजेन्द्र सिन्जाली मगर तेस्रो भए।

६० किलो तौल समूहमा एपीएफका वीरेन्द्र सिंह कोधारीले स्वर्ण जिते। उनले फाइनलमा पुलिस क्लबका मुकेश पण्डितलाई हराएका हुन्। मेन डोजोका सागर दर्जी र मुवाथाईंका विजय रसाइली तेस्रो भए।

६५ किलो तौल समूहमा आर्मी क्लबका राजेश चौधरीले मुवाँथाईका फुर्देनी शेर्पालाई हराउँदै स्वर्ण पदक जिते। बक्समान्डुका मनीषकुमार भुजेल र पुलिस क्लबका सुमन धुस्री तेस्रो भए।

७० किलो तौल समूहमा आर्मी क्लबका सनीसिंह सुनुवारले स्वर्ण पदक जिते। उनले फाइनलमा भाटभटेनीका सविन दिमहुमलाई निराश पारेका हुन्। सो क्योकुसिनका प्रदीप तामाङ र एपीएफका रुद्र सरुले तेस्रो भए।

पुरुष खुला तौल समूहमा रेजका कोशिस श्रेष्ठले स्वर्ण पदक जिते। फाइनलमा कोशिसले एपीएफका भूपेन्द्र शाहलाई पराजित गरेका थिए। सो क्योकुसिनका गोपाल महर्जन र एफडब्लु उसुका शंकरबहादुर चौधरी तेस्रो भए।

महिलातर्फ ६५ किलो तौल समूहमा एपीएफकी विनिता थापामगरले फाइनलमा आर्मी क्लबकी मन्जु विकलाई हराउँदै स्वर्ण पदक जितिन्। एपीएफकी मनीषा राउत र मेन डोजोकी रविना तामाङ तेस्रो भए।

महिला खुला तौल समूहमा आर्मीकी विन्दु पुनले स्वर्ण पदक जितिन्। विन्दुले एपीएफकी जयन्ती श्रेष्ठलाई हराएकी हुन्। मेन डोजोकी पुनम कर्माचार्य र मुवाँथाई, पोखराकी सुमी श्रेष्ठ तेस्रो भए।

६० किलोमा एपीएफकी निशा विकले स्वर्ण पदक जितिन्। फाइनलमा निशाले मेन डोजोकी सुस्मिता शाहीलाई पराजित गरेकी थिइन्। मकवानपुरकी रेश्मा माझी र प्रिया वाइबा तेस्रो भए।

५० किलो तौल समूहमा एपीएफकी सन्जु माया थिङले स्वर्ण जितिन्। सन्जुले आईकेकेएफकी करिश्मा कार्कीलाई हराएकी हुन्। आर्मीका रुविका खड्का र शान्ति थापामगरले कांस्य पदक हात पारे।

५५ किलो तौल समूहमा प्रहरीकी रिता ठकुल्लाले फाइनलमा एपीएफकी विद्या गुरुङलाई हराउँदै स्वर्ण पदक जितेकी हुन्। आर्मी क्लबका अनुपमा नेपाली र रिना धमाल तेस्रो भए।

तीनदिने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ पाँच गरी कूल ११ स्पर्धामा १२२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले १५ हजार तथा तेस्रो हुनेले समान आठ/आठ हजार रूपैयाँ पुरस्कार जिते।

प्रतिक्रिया दिनुहोस्