एनभीए कपः हेल्प नेपाल क्वार्टरफाइनलमा
काठमाडौं। हेल्प नेपाल स्पोर्टस् क्लबले आज बुद्धटोल युवा क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको अन्तिम आठमा स्थान बनाएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हेल्प नेपालले बुद्धटोल युवा क्लबलाई २५–१०, २५–१५, २५–११ को सेटमा हराएका हाे।
जितसँगै हेल्प नेपाल पुरुषतर्फ समूह ‘डी’ विजेता बन्दै अन्तिम आठमा स्थान बनाएको छ। प्रतियोगिताको चार समूहबाट विजेता र उपविजेताले अन्तिम आठमा स्थान बनाउनेछन्। समूह ‘डी’ मा दुई टोली मात्र छन्।
त्यसका कारण हेल्प नेपाल विजेता बन्दै अन्तिम आठमा स्थान बनाउँदा बुद्धटोल युवा भलिबल उपविजेता बन्दै अन्तिम आठमा स्थान बनाउन सफल भयो।
यसअघि समूह ‘सी’बाट नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लबले पनि अन्तिम आठमा स्थान सुरक्षित गरिसकेका छन्। समूह ‘सी’ मा रहेको अर्को क्लब पार्वती भलिबल क्लबले अन्तिम समयमा सहभागी नभएपछि पुलिस क्लब र मणिमुकुन्दले अन्तिम आठमा स्थान बनाएका हुन्। तथापि समूह ‘सी’ विजेता र उपविजेताको टुंगो भने लागेको छैन।
प्रतिक्रिया दिनुहोस्