काठमाडौं। रोमाञ्चक खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई ३–२ ले हराउँदै न्यूराेड टीम (एनआरटी)लाई शहीद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ।
एनआरटीले शुरूमै अग्रता लिए पनि दोस्रो हाफमा २–१ ले पछि परेको थियो। तर, अन्तिम १० मिनेटमा दुई गोल गरेपछि एनआरटीले महत्त्वपूर्ण तीन अंक जोड्न सफल भएको हो।
जितसँगै एनआरटी चौथो स्थानमा उक्लिएको छ। एनआरटीको सात खेलबाट ११ अंक छ। जुन शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबभन्दा दुई अंकले पछि हो। थ्री स्टार र नेपाल पुलिस क्लबको समान ११ अंक भए पनि एनआरटी गोलअन्तरमा अघि रहेको हो।
खासमा एनआरटीको १३ अंक हो। एनआरटीले चार खेल जितेको छ भने दुई हार र एक बराबरी खेलेको छ। तर, गत सिजन अखिल नेपाल फुटबल संघ (एन्फा)ले रेलिगेशनको प्रावधान हटाएर पुछारमा रहने दुई टोलीको नयाँ सिजन क्रमशः दुई र एक अंक घटाउने निर्णय गरेका कारण एनआरटीको ११ अंक मात्र भएको हो। एनआरटी गत सिजन लिगको पुछारमा थियो।
एपीएफ भने पुछारबाट दोस्रो स्थानमा छ। सात खेलमा एक जित, चार हार र दुई बराबरी खेलेको छ। फ्रेण्ड्स क्लबको पनि समान पाँच अंक छ। तर, फेण्ड्स क्लबले एक खेल कम खेलेको छ।

एनआरटीले २४औं मिनेटमा अग्रता लिएको थियो। आन्द्रे थिएरीको गोलमा एनआरटीले अग्रता लिएको हो। थिएरीले कप्तान प्रकाश बुढाथोकीको कर्नरलाई हेडमार्फत् पोष्टको दिशा दिएका हुन्।
एपीएफका आशिष लामाले ४१औं मिनेटमा बराबरी गोल फर्काए। आशिषले सुमन लामाको क्रसलाई पोष्टको दिशा दिएका हुन्।
आशिषले ५३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई अग्रता दिए। उनले फ्रीकिकमा उत्कृष्ट गोल गर्दै एपीएफलाई अग्रता दिएका हुन्। प्रकाश पुनलाई एनआरटीका दर्शन गुरुङले फाउल गरेपछि एपीएफले फ्रीकिकको अवसर पाएको हो।
यससँगै लिगमा आशिषको पाँच गोल भएको छ, जुन लिगमा धेरै गोल हो। च्यासल युथ क्लबका सन्तोष साहुखलको पनि पाँच गोल छ। दोस्रो स्थानमा नेपाल पुलिस क्लबका सुमन लामा छन्। उनले चार गोल गरेका छन्।
एनआरटीले ८०औं मिनेटमा बराबरी गोल फर्कायो। वैकल्पिक खेलाडी नवीन गुरुङको क्रसलाई जोर्डन जुनियर एनडेम्बाले हेडमार्फत् गोल गर्दै बराबरी गरेका हुन्। त्यसको पाँच मिनेट नबित्दै दर्शनले गरेको गोल एनआरटीलाई जिताउन निर्णायक बन्यो। राजेश परियारले दिएको पासलाई नियन्त्रणमा लिँदै दर्शनले विपक्षी एक रक्षकलाई कटाएर हानेको प्रहार एपीएफका गोलकिपर अमृतकुमार चौधरीले रोक्न सकेनन्।
" /> काठमाडौं। रोमाञ्चक खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई ३–२ ले हराउँदै न्यूराेड टीम (एनआरटी)लाई शहीद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ।एनआरटीले शुरूमै अग्रता लिए पनि दोस्रो हाफमा २–१ ले पछि परेको थियो। तर, अन्तिम १० मिनेटमा दुई गोल गरेपछि एनआरटीले महत्त्वपूर्ण तीन अंक जोड्न सफल भएको हो।

">