चीनमा परिवारका सबै सदस्यले खोप लगाएपछि मात्र बालबालिका विद्यालय जान पाउने बीबीसी। चीनले सेप्टेम्बरबाट विद्यालयहरु भौतिक उपस्थितिमा सञ्चालन गर्ने तयारी गरेको छ। तर विद्यालयमा ती विद्यार्थीलाई मात्र आउन दिइनेछ, जसको घरमा सबै सदस्यले कोरोना खोप लगाइसकेका हुनेछन्। घरका सबै सदस्यले कोरोना खोप नलगाए ती घरका बालबालिकालाई विद्यालयमा उपस्थित हुन दिइने छैन। एक अर्ब ४० करोडभन्दा बढी जनसंख्या रहेको चीनले यस वर्षभित्र ६४ प्रतिशत जनतालाई खोप लगाइसक्ने लक्ष्य लिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्