आज सातै प्रदेशमा चट्याङसहित भारी वर्षा हुने काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज देशका सातै प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको बताएको छ। आज दिउँसो सुदुरपश्चिम, लुम्बिनी,गण्डकी, बागमती, प्रदेश–२ तथा प्रदेश–१मा र राती सुदुरपश्चिम, कर्णाली,लुम्बिनी तथा प्रदेश १का थोरै स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। भारी वर्षाका कारण पहाडी भू–भागमा भू–क्षय,पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्