प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि शिक्षक महासंघको धर्ना काठमाडौं। ३४ सूत्रीय माग राखी आन्दोलनरत नेपाल शिक्षक महासंघले शुक्रबार ६ वटा प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएको छ। असार १० गते घोषित कार्यक्रमअनुसार कर्णालीमा सार्वजनिक बिदा भएकोले साउन ३ मा गर्ने गरी बाँकीमा धर्ना बसेको महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए। यसअघि पालिकास्तरमा आन्दोलन सम्पन्न गरेको महासंघले प्रदेश हुँदै अब साउन ८ देखि संघीयस्तरमा आन्दोलन केन्द्रित गर्ने महासचिव सुवेदीले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्