बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
<p style="text-align:justify">हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका–७ मा बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।</p>
<p style="text-align:justify">काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसको ठक्करबाट विपरीत दिशाबाट साइकलमा आउँदै गरेका ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको हो।</p>
<p style="text-align:justify">जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले उपचारका क्रममा उनको मृत्यु मृत्यु भएको जानकारी दिए।</p>
<p style="text-align:justify">बस र चालकलाई नियन्त्रणमा प्रहरीले नियन्त्रणमा लिएको छ।</p>