सुदूरपश्चिममा आत्महत्या गर्ने बढे

कैलाली। सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेको संख्या बढ्दो छ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका अनुसार आर्थिक बर्ष २०७३/७४ मा सुदूरपश्चिम प्रदेश भरी ४३२ जनाले आत्महत्या गरेका छन्।

त्यस्तै २०७४/७५ मा ४९९ र २०७५/७६ मा ५०३ जनाले आत्महत्या गरेका छन्।

चालु आर्थिक बर्षको ६ महीनामा २०८ जनाले आत्महत्या गरेको तथ्यांक छ।

आत्महत्या गर्नेमा सुदूरपश्चिमका ९ जिल्लामध्ये कैलालीमा बढी छन्। कैलालीमा छ महीनामा ८७ जनाले आत्महत्या गरेका छन्।

कञ्चनपुरमा ६६, बझाङमा १४, अछाममा ६, डडेल्धुरामा ५, डोटीमा १ जना साथै बैतडी र अछाममा ९/९ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

गरिबी, अशिक्षा, पारिवारिक कलह, रोगको उपचारमा समस्या लगायतका कारणले आत्महत्या गर्ने दर बढिरहेको प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रहरी नायब महानिरीक्षक तारिणी लम्सालले बताए।

कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार जिल्ला प्रहरी कार्यालय सामाजिक सञ्चालको गलत प्रयोगले पनि आत्महत्याको दर बढेको छ।

अवैध सम्वन्ध, प्रेममा धोका, घरायसी झमेला लगायतका कारण युवायुवतीहरुले आत्महत्या गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।

प्रतिक्रिया दिनुहोस्