निषेधाज्ञामा यी कुरा गर्न अझै १० दिन पाइने छैन काठमाडौं।काठमाडौं उपत्यकामा निषधाज्ञा थप खुकुलो बनाइएपनि अझै केही कुरा गर्न भने निषेध नै गरिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेध आदेश अनुसार सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल,मनोरञ्जन स्थल अझै खोल्न पाइने छैन। सैलुन, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल,जिमखाना, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद, जात्रा,महोत्सव, भोज भतेर गर्न पनि पाइने छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्