आजबाट काठमाडौ उपत्यकामा निषेधाज्ञा थप खुकुलो, लामो दुरीका सार्वजनिक यातायात सुचारु काठमाडौं। काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा थप खुकुलो बनाइएको छ। उपत्यकामा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा खुकुलो बनाएको हो। बैठकले आजबाट काठमाडौं उपत्यकमा लामो दुरीका सवारी साधन यात्रु बोकेर आवतजावत गर्न पाउने निर्णय गरेको छ। ‘अत्यावश्यक काम विशेषले उपत्यकामा प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवतजावत गर्न दिइनेछ”। काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेधाज्ञाको आदेशमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्