चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित धनुषामा दुईजना पक्राउ
धनुषा। धनुषाको जनकपुरधाम उपमहानगपारलिका–१, भानुचौकबाट प्रहरीले चाइनिज पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ।

आज दिउँसो बा १४ च ७४५९ नम्बरको कारले जनकपुरको भानुचौकमा ज ९ प ४८०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

वडा प्रहरी कार्यालय रेल्वे स्टेशन चौकीले कार चेकजाँच गर्दा चाइनिज पेस्तोल एक थान र त्यसमा लाग्ने ६ राउण्ड गोली बरामद् गरेको धनुषा प्रहरीले जनाएको छ।

कारमा सवार धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१, रमदैयाका जितेन्द्र यादव र क्षिरेश्वनाथ–५, महेन्द्रनगरका कुमोदनारायण झालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामेश्वर कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्