क्लाइम्बिङ्‍मा छिरिङ र बिमला विजयी
काठमाडौं। अन्तरकलेज क्लाइम्बिङ् प्रतियोगिताको तेस्रो संस्करणमा पुरुषतर्फ छिरिङ शेर्पा र महिलातर्फ विमला तामाङ विजयी भएका छन्।

नेपाल क्लाइम्बिङ् स्पोर्ट एशाेसिएसनले ठमेलको काठमाडौं स्पोर्ट क्लाम्बिङमा आयोजना गरेको टपरोप विधामा छिरिङ्ले ४७ सेकेण्डमा १४ होल्ड पूरा गरी प्रथम भए। रोनक उप्रेतीले ३२ सेकेण्डमा १३ होल्ड मात्र पूरा गरी दोस्रो भए। सुरेश तामाङ्ले एक मिनेट २३ सेकेण्डमा १३ होल्ड पूरा गरी तेस्रो भए।

महिलातर्फ बिमला तामाङले एक मिनेट २३ सेकेण्डमा १२ बाई १४ होल्ड पूरा गरी पहिलो भइन्। दोस्रो हुने देविका पाण्डेले समय एक मिनेट ४०.४७ सेकेण्डमा १२ बाई १४ होल्ड पूरा गरिन्। ल्हामु शेर्पाले एक मिनेट ३५.५६ सेकेण्डमा १२ होल्ड पूरा गरी तेस्रो भइन्।

प्रतियोगितामा उपत्यकाका ११ कलेजबाट २१ छात्रा/छात्रहरूले सहभागिता जनाएका थिए। त्यसमा १४ जना छात्रा र सातजना छात्र थिए।

महिला र पुरुषतर्फ प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले पाँच हजार रूपैयाँ पुरस्कार जिते।

प्रतिक्रिया दिनुहोस्