डोटीमा एघार महिनामा एक हजारभन्दा बढीले गरे गर्भपतन काठमाडौं। डोटी जिल्लामा एघार महिनाको अवधिमा एक हजार सात जनाले गर्भपतन गराएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठसम्ममा उनीहरूले सुरक्षित गर्भपतन गराएका हुन्। जिल्लामा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएसँगै गर्भपतन गराउनेको सङ्ख्या निकै बढ्दै गएको कार्यालयको तथ्याङ्कले देखाउँछ। जिल्लामा अहिले १४ वटा संस्थाले सुरक्षित गर्भपतन सेवा दिइरहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उद्धवबहादुर ठगुन्नाले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्