सिरहामा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना, दुईजनाको मृत्यु

सिरहा। सिरहामा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। पाँचजना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहा गोलबजार-७, पुरानो चोहर्वा चोकमा स १ त ६५६० नम्बरको ट्रयाक्टर आज दिउँसो अनियन्त्रित भएर पल्टिएकाे थियाे।

दुर्घटनामा लहान नगरपालिका-१३ का २१ वर्षीय सन्तोषकुमार यादव र धनगढीमाई नगरपालिका-१२ का २२ वर्षीय श्रीप्रसाद मण्डलको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

डिजे लोड गरी जन्ती जाँदै गरेको ट्रयाक्टर बाख्रालाई बचाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्चार्ज प्रहरी निरीक्षक जनक पुरीले बताए।

उनका अनुसार दुर्घटनामा सामान्य घाइते भएका पाँचजना उपचारपछि घर फर्किएका छन्। ट्रयाक्टरमा १३ जना सवार थिए। ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

प्रतिक्रिया दिनुहोस्