खुकुलो निषेधाज्ञा १५ दिन थप्ने तयारी काठमाडौं। निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बिहीबार बस्ने भएको छ। यसअघि थपिएको निषेधाज्ञा आजराति १२ बजेबाट सकिन लागेसँगै निषेधाज्ञाबारे निर्णय गर्न बैठक बस्न लागेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए। अब १५ दिन निषेधाज्ञा थप गर्ने र लामो दुरीका यातायात भने खुला गर्नेबारे छलफल भइरहेको निरौलाले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्