सन्दीपकाे टीम मेलबर्न स्टार्सद्वारा पर्थ १० रनले पराजित

काठमाडौं। सन्दीप लामिछानेले एक विकेट लिएको दिन मेलबर्न स्टार्सले आज बिग बास लिगमा पर्थ स्कोर्चर्सलाई १० रनले पराजित गरेको छ।

हिल्टन कार्टराइटले अर्धशतक बनाएपछि मेलबर्न क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४१ रन बनाएको थियो। १४२ रनको लक्ष्य पछ्याएकाे पर्थले ९ विकेट गुमाएर १३१ रन मात्र जोड्न सक्यो।

कार्टराइटले ५८, ग्लेन म्याक्सवेलले २५ तथा निक लार्किनले २४ रन बनाए। पर्थका म्याथ्यू केलीले तीन विकेट लिए। फवाद अहमद र जाई रिचार्डसनले एक-एक विकेट लिए।

सन्दीपले चार ओभरमा २९ रन दिएर एक विकेट लिए। निक म्याडिसनले तीन विकेट लिनुका साथै ड्यानियल वोरल, म्याक्सेल र क्लिन्ट हिन्चलाइफले एक-एक विकेट लिएपछि पर्थका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्।

पर्थका क्यामरून बेनक्रफ्टले सबभन्दा धेरै ३२ रन बनाए। कर्टिस पिटर्सनले २०, लियम लिभिङस्टोनले १८, जोश इङलिसले १२ तथा मिचेल मार्श र टिम डेबिडले समान ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

मेलबर्न ११ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा छ भने पर्थ १० अंकसहित चौथो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्