चाैथाे स्थानमा उक्लियाे पुलिस क्लब

काठमाडौं। सौजन राई र कप्तान सुमन सुवेदीको गोलमा नेपाल पुलिस क्लबले आज जावलाखेल युथ क्लबलाई २-० ले पराजित गर्दै शहीद स्मारक 'ए' डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा पुलिस क्लबले २७औं मिनेटमा अग्रता लिएको थियो। पुलिस क्लबले सौजन राईको गोलमा अग्रता लिएको हो। ४८औं मिनेटमा सुमनले पुलिसको अग्रता दोब्बर बनाए।

जितसँगै पुलिस ११ अंकका साथ चौथो स्थानमा उक्लिएको छ। पुलिस क्लबले सातमध्ये तीन खेल जितेको छ भने दुईमा हार र दुई खेल बराबरी खेलेको छ।

पुलिस शीर्ष स्थानको त्रिभुवन आर्मीभन्दा दुई अंकले मात्र पछाडि छ। तथापि त्रिभुवन आर्मीले एक खेल कम खेलेको छ।

जावलाखेलको यो लगातार दोस्रो हार हो। यसअघि मछिन्द्र क्लबसँग १-० ले पराजित भएको थियो। जावलाखेलको ९ अंक छ। जावलाखेलले दुईखेल जितेको छ भने दुई हार र तीन खेल बराबरी खेलेको छ।

प्रतिक्रिया दिनुहोस्