आज यी पाँच प्रदेशमा छ चट्याङ्गसहित भारी वर्षाको सम्भावना काठमाडौं।मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ।प्रदेश–१, प्रदेश–२, बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।भारी वर्षा हुने प्रदेशका पहाडी भू–भागमा भू–क्षय,पहिरोको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्