अकुपाईं टुँडिखेल अभियानअन्तर्गत फोटो प्रदर्शनी

काठमाडौं। अकुपाई टुँडिखेल अभियानको ११औं सप्ताहमा आज फोटो प्रदर्शनी गरिएको छ।

अतिक्रमणको चपेटामा परेको टुँडिखेलको संरक्षण र खुला क्षेत्रको महत्त्व उजागर गर्ने उद्देश्यसहित शुरू भएको अभियानअन्तर्गत ‘हामी नबिर्सौं’ नाम दिएर फोटो प्रदर्शनी भएको हो।

प्रदर्शनीमा ऐतिहासिक महत्त्व, विपद्को साथी, साँघुरिँदो खुला ठाउँ–पहिले र अहिले, खुला ठाउँको महत्त्व, निस्सासिएको शहर र आहा क्या राम्रो काठमाडौं जस्ता विषयहरू समेटिएका थिए।

गत हप्ता खुल्लामञ्चभित्र बसपार्क निधेष गरिएको सूचना टाँस गरिएको थियो। काठमाडौं–६ बाट निर्वाचित कांग्रेस सांसद भीमसेनदास प्रधानले बसपार्क निषेधको ब्यानर राखेको भए पनि सम्बन्धित निकायले उठाएर लगेको बताए। उनले खुलामञ्चलाई अतिक्रमण मुक्त गर्न गुठी विधेयकको विरोधमा जस्तै नागरिकहरू सडकमा ओर्लिए सरकारलाई गाह्रो हुनेसमेत बताए।

सांस्कृतिक र राजनीतिक महत्त्व बोकेको टुँडिखेलमा बसपार्क, अनाधिकृत पसल सञ्चालन हुँदै आएका छन्। भवन बनाउने सामान र कामदार बस्ने ठाउँ तथा ढलान गर्ने कार्य गरी टुँडिखेल मासिँदै गएको छ।

प्रतिक्रिया दिनुहोस्