दुईजना महिलालाई कुटपिटको आरोपमा पक्राउ

कैलाली। कञ्चनपुरमा दुई महिलालाई कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

बेलडाँडी गाउँपालिका–१ टाईगरबस्तीका गिता खड्का र ईश्वरी खड्कालाई कुटपिट गरेको आरोपमा बेलडाँडीका दलबहादुर शाहलाई प्रहरीले पक्राउ गरको हो।

कुटपिट गर्ने शाहलाई इलाका प्रहरी कार्यालय बेलडाडीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रबक्ता डिएसपी नरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

महिनावारी भएको समयमा आफ्नो घरको बाटो हिंडेको निहुँमा कुटपिट गरेको पीडित महिलाले आरोप लगाएका छन्। उता प्रहरीले भने महिनावारी भएको विषयमा दुव्र्यवहार भएकोबारे कुनै जानकारी नआएको तर, कुटपिटको ठाडो निवेदन परेको बताएको छ।

घाइते भएका गिता र ईश्वरीको धनगढीस्थित नोभा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलडाडीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्