मृत चितुवा फेला
<p>पोखरा। पोखरा महानगरपालिका–१३ आर्वास्थित रतनपाण्डे स्कुल नजिकै कच्ची सडकमा आज बिहान मृत अवस्थामा चितुवा फेला परेको छ। </p>
<p>मृत अवस्थामा भाले चितुवा देखेपछि स्थानीयवासीले वन कार्यालयमा खबर गरेका थिए। </p>
<p>चितुवाको शरीरमा घाऊ देखिएकाले अर्को चितुवासँगको आक्रमणमा मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ ।</p>
<p>अहिले प्रहरी र जिल्ला वन कार्यालयका कर्मचारीले मृत चितुवालाई उठाएर कार्यलयमा लगेको उनले बताए। चितुवाको मृत्युको कारण पोष्टमार्टमपछि मात्रै खुल्ने वन कार्यालयले जनाएको छ। रासस</p>
प्रतिक्रिया दिनुहोस्
