"> प्रेरणालाई छाउनीकाे घरजग्गा खाली गर्न नेपाल ट्रस्टकाे ३५ दिने सूचना: Dekhapadhi
प्रेरणालाई छाउनीकाे घरजग्गा खाली गर्न नेपाल ट्रस्टकाे ३५ दिने सूचना
नेपाल ट्रस्टको कार्यालयले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले उपभोग गर्दै आएको छाउनीस्थित १५ रोपनी जग्गा खाली गर्न भनेको छ। ट्रस्टले अदालतको फैसला कार्यान्वयन गर्न भन्दै ३ माघमा ३५ दिने सूचना जारी गरेको हो।

गणतन्त्र स्थापनापछि पूर्व राजपरिवारको जग्गा नेपाल ट्रस्टको नाममा ल्याइएको थियो। त्यसैक्रममा छाउनीस्थित घर र १५ रोपनी जग्गा पनि ट्रस्ट मातहत ल्याइएपछि पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाले आफूले उक्त जग्गा दाइजोमा पाएको भन्दै सर्वोच्च अदालतमा रीट दिएकी थिइन्।

तत्कालीन प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र न्यायाधीश चोलेन्द्र शमशेर राणाको संयुक्त इजलासले उक्त जग्गा प्रेरणाकै हुने फैसला गरेको थियो। ६ असार २०७२ मा भएको उक्त फैसला त्रुटीपूर्ण रहेको भन्दै नेपाल ट्रस्टको कार्यालयले पुनरावलोकलनका लागि निवेदन दिएको थियो।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरू दीपककुमार कार्की र सपना प्रधान मल्लको पूर्ण इजलासले उक्त घर–जग्गा नेपाल ट्रस्टकै हुने ठहर गरेको थियो।

अदालतको यो आदेश कार्यान्वयन गर्न ट्रस्टले पत्र काटेपछि यसलाई गैरकानूनी भन्दै प्रेरणाले सर्वोच्च अदालतमा फेरि अर्को रिट दिएकी छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त रीटको सुनुवाई गरिरहेको छ।

ट्रस्टले काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित कित्ता नम्बर २५ को १५ रोपनी एक आना एक पैसामा रहेको कम्पाउण्ड वालसहितको विजया घरसमेतको जग्गा धनी प्रमाण पुर्जा नेपाल ट्रस्टको कार्यालयको नाममा कायम भइसकेको भन्दै खाली गराउन सार्वजनिक सूचना निकालेको हो।

‘घरजग्गा खाली गरिदिन तपाईं श्री प्रेरणा राज्य लक्ष्मीदेवी सिंहका नाममा पटकपटक पत्राचार र सार्वजनिक सूचना जारी गर्दासमेत हालसम्म पनि खाली नगर्नु भएकोले घरजग्गा खाली गर्न पुनः यो सूचना प्रकाशित गरिएको छ’, ट्रस्टले गोरखापत्रमा प्रकाशित गरेको सूचनामा भनिएको छ, ‘सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र माथि उल्लेखित घरजग्गा सम्पूर्ण रूपले खाली गरिदिनु होला। अन्यथा कानुन बमोजिम भैजाने व्यहोरासमेत यही सूचनाद्वारा सूचित गरिएको छ।’

प्रतिक्रिया दिनुहोस्