बेलायतमा जुलाई १९ बाट लकडाउन हट्ने, खोप नलगाएकाले नाइटक्लबमा प्रवेश नपाउने बीबीसी।बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जुलाई १९ बाट बेलायतमा लकडाउन हटाउने घोषणा गरेका छन्।कोरोना नियन्त्रण गर्न लगाइएका सबै बन्देजहरु हटाइने उनले बताएका छन्।“महामारी सकिएको छैन।तपाईं र तपाईंको परिवारमाथि आउनसक्ने खतरा जस्ताको तस्तै छ।यसकारण जुलाई १९ को जीवन महामारीभन्दा अघि जस्तो हुने छैन”,जोनसनले भने।जुलाई १९ बाट खोप लगाएकालाई प्रवेश दिन नाइट क्लबहरुलाई भनिएको छ।सार्वजनिक यातायातमा मास्क लगाउन समेत उनले भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्