अन्नपूर्ण आधार शिविरमा हराएका चार जना काेरियाली र एक नेपालीकाे पहिचान, खाेजी कार्य जारी

पाेखरा। अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र एक नेपाली पथप्रदर्शक हराएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई जीवितै उद्धार गरिएको छ।

उद्धार गरिएका पाँचै जनालाई आधार शिविरबाट हिमालय भन्ने स्थानमा ल्याएर राखेको बताउँदै उनले मौसम सुधार हुनासाथ हेलिकप्टरमार्फत पोखरा ल्याइने जानकारी दिए।

अत्यधिक हिमपातसँगै आएको हिमपहिरोका कारण बाँकी चार जना कोरियान नागरिक र दुई जना गाईड सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

कोनाको ट्रेकिङ एजेन्सीबाट पर्यटक लिएर गएका नेपाली गाइड सरोज परियार हिमपहिरोले हराएका छन् ।

कोरियाली नागरिक ५३ वर्षीया किम सूक जा, ५७ वर्षीय ली मिन सु, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन हराइरहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष हरि भूजेलले जानकारी दिए ।

अत्यधिक हिमपात भएकाले पदमार्ग हराएको पर्यटकको सञ्चार सम्पर्क हुन नसकेको र उद्धरमासमेत समस्या परेको प्रहरीले जनाएको छ ।

कोरियाली पर्यटक काठमाडौंको ट्रिप नेपाल माउन्टेन गाइड नामक कम्पनीबाट टिम्स शुल्क काटेर अन्नपूर्ण बेसक्याम्पसम्मको पदमार्गमा गएका थिए । बेसक्याम्प जाँदै गरेका कोरियाली पर्यटक देउराली नजिकैबाट हराएको अध्यक्ष भुजेलले जानकारी दिए ।

कोरियाली पर्यटक ११ जनाको समूहमा थिए । तीमध्ये ७ जना सम्पर्कमा आएका छन् भने ४ जना हराएका छन् । उद्धरका निम्ति नेपाल प्रहरी, टानको टोली पर्यटक हराएको क्षेत्रमा गइरहेका छन् भने हेलिकप्टरबाट पनि खोजी कार्य भइरहेको छ ।

आफ्ना नागरिकको खोजिका लागि नेपाल स्थित कोरियन राजदुतावासले हेलिकप्टरसहित उद्दार टोली पठाएको छ ।

स्थानीय पर्यटन व्यवसायी र प्रहरीसहितको सात जनाको टोली अहिले उद्धारका लागि छुमरुङ पुगिसकेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।

हिमपहिरोमा परी बेपत्ता भएकाको उद्धारका लागि आवश्यक सामग्रीसहितको पाँच जनाको अर्को टोली पनि छुमरुङ पुगेको टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले जानकारी दिए।

अत्यधिक चिसोको कारण उद्धारमा कठिनाइ भइरहेको बताउँदै उनले उक्त टिममा अन्य नेपाली पनि हुनसक्ने बताए। रासस

प्रतिक्रिया दिनुहोस्