सर्वोच्चको फैसलाले निरंकुशता र स्वेच्छाचारिताको अन्त्य गरिदियोः बृहत् नागरिक आन्दोलन काठमाडौं। बृहत् नागरिक आन्दोलनले सर्वोच्च अदालतको फैसलाले निरंकुशता र स्वेच्छाचारिताको नग्न अभ्यासलाई खारेज गरेको बताएको छ। सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेसँगै विज्ञप्ति निकालेर आन्दोलनले ओली प्रवृत्ति परास्त भएको उल्लेख गरेको छ। विज्ञप्तिमा अब बन्ने गठबन्धन सरकारले आम जनताको सरोकार सम्बोधन गर्दै प्रगतिशील र अग्रगामी राजनीति स्थापित गर्नुपर्ने र वर्तमान सरकाले गरेको भ्रष्टाचार र अवैध कामको छानबिन गर्नुपर्ने माग गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्