कैलाली। अन्धविश्वासका कारण प्रश्रय पाएको छाउ प्रथाविरुद्व सुदूरपश्चिममा यतिबेला अभियानै चलाइएको छ। जसअन्तर्गत छाउगोठ (महीनावारी हुँदा बस्ने टहरो) भत्काउने पनि एक हो।
छाउगोठमा रहँदा आगलागी, सर्पको डसाई अनि निसास्सिएर समेत महिला र बालबालिकाको मृत्यु हुने क्रम नरोकिएपछि सुदूरपश्चिममा फेरि एकपटक छाउप्रथाविरुद्ध अभियान घनिभूत भएको हो।
नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि लगायत सरोकारवालाले अभियानकै रुपमा छाउगोठ भत्काइरहेका छन्। सुदुरपश्चिम प्रदेशमा अहिलेसम्म २ हजार ५५१ छाउगोठ भत्काइएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) तारिणी लम्सालले जानकारी दिए। लम्सालका अनुसार सबैभन्दा बढी अछाममा २ हजार ९६, कैलालीमा १७२, बाजुरामा ११७, डोटीमा ६७, बझाङमा ६४, कंचनपुरमा २४ र डडेलधुरामा ११ ओटा छाउगोठ भत्काइएको छ।
.jpg)
डिआइजी लम्सालले महिनावारी भएको बेला महिलालाई अछुत मान्ने गलत परम्पराका कारण थुप्रै महिलाहरूले छाउगोठमा मृत्युवरण गर्नु दुखद भएको भन्दै सबै सरोकारवालाले आफू र आफ्नो घरबाटै गलत संस्कार त्यागको थालनी गर्नुपर्ने बताएका छन्।
.jpg)
कुनै महिलाको छाउगोठमा मृत्यु भएको पाइए घरका सबै सदस्यलाई कारबाही गर्ने चेतावनी दिएका डिआइजी लम्सालले कतै छाउगोठ रहेको जानकारी आए नजिकैको प्रहरीलाई खबर गर्न आग्रह पनि गरेका छन्।