काठमाडौं। शिखर धवन, केएल राहुल र कप्तान कोहलीको उत्कृष्ट ब्याटिङप्रेरित भारतले आज अस्ट्रेलियालाई ३६ रनले हराउँदै तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला १–१ को बराबरी गरेको छ।
राजकोटमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४० रन बनाएको थियो। ३४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४९.१ ओभरमा सबै विकेट गुमाएर ३०४ रन मात्र जोड्न सक्यो।
जितसँगै भारतले घरेलु मैदानमा शृखला हारलाई जोगाएको छ। यसअघि मुम्बईमा भारत दश विकेटले पराजित भएको थियो।
भारतका ओपनर शिखर धवनले ९६ रन बनाए। ९० बलमा १३ चौका र एक छक्का प्रहार गरेका धवनले पहिलो रोहितकुमार शर्मासँग पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरे। त्यस्तै धवनले दोस्रो विकेटका लागि कप्तान विराट कोहलीसँग १०३ रनको साझेदारी गरे।

केहलीले ७८ रन बनाए भने ओपनर रोहित शर्माले ४२ रन जोडे। दुबैले समान ६ चौका प्रहार गरे। श्रेयस ऐयर सात रन बनाएर पवेलियन फर्किएपछि कोहलीले केएल राहूलसँग चौथो विकेटका लागि ७८ रनको साझेदारी गरे। राहुलले ५२ बलमा ६ चौका र तीन छक्कासहित ८० रन बनाए। रविन्द्र जडेजाले अविजित २० रन जोडे।
भ्रमणकारी अस्ट्रेलियाका एडम जम्पाले तीन विकेट लिए भने केन रिचर्डसनले दुई विकेट लिए।
३४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले राम्रो सुरूआत गर्न सकेन। पहिलो खेलमा कीर्तिमान साझेदारी गरेका ओपनर डेबिड वार्नर १४ तथा एरोन फिन्च ३३ रन बनाएर आउट भए। फिन्च आउट हुँदा अस्ट्रेलिया ८२–२ को स्थितिमा थियो।
त्यसपछि स्टिभ स्मिथ र मार्नुस लाबुसेनले टोलीको इनिङ उकासे। तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गरे। स्मिथले ९८ रन बनाए भने लाबुसेनले ४६ रन जोडे। स्मिथ र लाबुसेन आउट भएपछि अन्य ब्याट्सम्यानले ठुलो साझेदारी गर्न सकेनन्।
४७औं ओभरमा मोहम्मद सामीले ४४औं ओभरमा लगातार दुई विकेट लिएपछि अस्ट्रेलिया कमजोर बनेको थियो। नबदीप सैनीले ४७औं ओभरमा अर्को दुई विकेट लिएपछि अस्ट्रेलियाको झिनो आशा पनि कमजोर भएको थियो।
सामीले तीन विकेट लिँदा सैनी र रविन्द्र जडेजा र कुलदीप यादवले समान दुई विकेट लिए। जसप्रित बुमराहको नाममा एक विकेट रह्यो।