काठमाडौं। यूएईको राजधानी अबुधाबीमा दुर्घटनामा परी मृत्यु भएका तीन नेपालीको पहिचान खुलेको अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ।
त्यहाँको मोर्डन बिल्डिङ मेन्टिनेन्स कम्पनीमा कार्यरत २४ जना कामदार चढेको मिनिबस अबुधाबीको अल राहा रोडमा २ माघमा दुर्घटनाग्रस्त भएको थियो।
चालकसहित २४ जना सवार उक्त मिनिबसमा १७ जना नेपाली महिला कामदार थिए। त्यसमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो। मृत्यु हुनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र बाराकी अमिसा मोक्तान तामाङ रहेको स्थानीय प्रहरीलाई उदृत गर्दै नेपाली दूतावासले जनाएको छ।
दुर्घटनामा घाइते भएका १४ जना नेपाली महिला कामदारको स्थानीय मफराक अस्पताल, एनएमसी रोयल अस्पताल र अल रहबा अस्पतालमा उपचार भइरहेको छ।
यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल अस्पताल पुगि घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
आज दूतावासले विज्ञप्ति जारी गरी आवश्यक प्रक्रिया पूरा गरेर मृतकको शव नेपाल पुर्याउनेलगायत अन्य समन्वय एवं सहजीकरण गरिरहेको जनाएको छ।
पढ्नुहोस्
आबुधाबी बस दुर्घटनामा तीन नेपालीको मृत्यु, १४ जना घाइते (नामावलीसहित)
" /> काठमाडौं। यूएईको राजधानी अबुधाबीमा दुर्घटनामा परी मृत्यु भएका तीन नेपालीको पहिचान खुलेको अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ।त्यहाँको मोर्डन बिल्डिङ मेन्टिनेन्स कम्पनीमा कार्यरत २४ जना कामदार चढेको मिनिबस अबुधाबीको अल राहा रोडमा २ माघमा दुर्घटनाग्रस्त भएको थियो।

">