विपक्षी गठबन्धनविरुद्ध युवा संघ सडकमा काठमाडौं। विपक्षी गठबन्धनविरुद्ध सत्तासीन नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल सडकमा उत्रिएको छ। संघले आइतबार काठमाडौंमा सडक प्रदर्शन गरेको हो। नयाँ बानेश्वरबाट सुरु भएको मार्चपास माइतीघर मण्डलासम्म पुगेको थियो। युवा संघका उपमहासचिव रामजी सापकोटाले निर्वाचनको पक्षमा माहोल बनाउन सडकमा मार्चपास गरिएको बताए। प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको तस्बिर अंकित प्लेकार्ड बोकेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्