जबर्जस्ती करणी मुद्दामा दाेषी ठहरिएका तीनजना ३० वर्षपछि पक्राउ
सिरहा। जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहरिएका तीनजनालाई ३० वर्षपछि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका–३, जगतपुरका ६२ वर्षीय दर्पी यादव, ६० वर्षीय विल्टु मोची र ४५ वर्षीय रामखेलावन मोची रहेको सिरहा प्रहरीले जनाएको छ।

आफ्नै घरमा बस्दै आएका तीनैजनालाई इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

सिरहा जिल्ला अदालतले १८ असार २०४६ मा रामखेलावन र विल्टुलाई तीन–तीन वर्ष कैद सजाय सुनाएको थियो। दर्पीलाई एक वर्ष कैदको सजाय सुनाएको थियो।

उक्त फैसलापछि फरार रहेका तीनैजनालाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत सिरहामा बुझाएको र फैसला कार्यान्वयनका क्रममा कारागार चलान गरिएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।

प्रतिक्रिया दिनुहोस्